• ट्रेण्डिङ्ग :
राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा भट्टराई

राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा भट्टराई


  • 1.1K
    SHARES
    • भाद्र २१, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 1.7K Views

    राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा भट्टराई

    ललितपुर, भदौ २१ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न पार्टी सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति बनाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज सो समिति घोषणा गर्नुभएको हो । 

    images

    समितिको अन्य सदस्यहरूमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरू उषाकला राई, सिर्जना काफ्ले र माधव ढुङ्गेल रहनु भएको छ ।

    समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजिविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक भट्टराईले बताउनुभयो । प्रस्ताव तयारीका लागि समितिको बैठक बसेको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा