• ट्रेण्डिङ्ग :
सर्वसाधारण भन्छन्- ‘सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुनुपर्छ, सरकारले पनि पहल गर्नुपर्‍यो’

सर्वसाधारण भन्छन्- ‘सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुनुपर्छ, सरकारले पनि पहल गर्नुपर्‍यो’


  • 2.4K
    SHARES
    • भाद्र २१, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सर्वसाधारण भन्छन्- ‘सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुनुपर्छ, सरकारले पनि पहल गर्नुपर्‍यो’

    काठमाडौँ, भदौ २१। सरकारले नेपालमा सूचीकरण नभएका फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । ती सामाजिक सञ्जालहरू हाल नेपालमा बन्द हुँदैछन् । सरकारको यो निर्णयलाई केहीले समर्थन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भनेर विरोध गरिरहेका छन् ।

    images

    सरकारको निर्णयको समर्थन गर्नेहरूले सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुन जरुरी रहेको बताएका छन् । उनीहरूले सरकारलाई पनि सामाजिक सञ्जाल सधैँ बन्द जाने बाटोमा नभई यसलाई सूचिकृत गर्नको लागि पहल गर्न सुझाव दिएका छन् ।

    विद्यार्थीको पढाई, साना व्यवसायीहरूको व्यापार लगायतमा केही समस्या देखिएकोले उनीहरूले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गरेर सञ्चालन ल्याउने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

    गत बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सोहीअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको थियो ।


    तेस्रो आँखा