• ट्रेण्डिङ्ग :
काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी


  • 2.9K
    SHARES
    • भाद्र २३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.5K Views

    काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

    काठमाडौं । बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यु आदेश जारी गरेका हुन् ।

    images

    प्रदर्शनमा जेन जी पुस्ताको नाममा घुसपैठ भएपछि कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ ।

    प्रशासनले तोकिएको समयावधिभर आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    कर्फ्यु क्षेत्र

    बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,

    बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

    बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लानेट्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,

    बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म।


    तेस्रो आँखा