काठमाडौं, ११ चैत । आज बिहान सूर्योदय ६ः०२ मा भएको छ भने सूर्यास्त ६ः१८ मा हुनेछ । आजको देवता कुवेर र ग्रहदेव वृहस्पति रहेको छ । शुक्रबारको दिन मनोरन्जनात्मक र सिर्जनात्मक कामका समय खर्च गर्दा राम्रो हुनेछ । शुक्रबार शुक्र ग्रहको प्रभाव हुने भएकाले यात्रा सम्बन्धी कार्यमा पनि शुक्रबार राम्रो मानिन्छ ।
मेष - चु.चे.चो.ला.लि.लु.ले.लो.अ: आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ। तपाईको मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला । अर्थलाभ पनि हुनेछ ।
वृष - इ.उ.ए.ओ.वा.वि.वु.वे.वो: व्यापारव्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ। तपाईले निकैं सोच अनुसार काम हुनेछ। तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यहरु बीच मतभेद पनि हुनसक्छ।
मिथुन - क. कि. कु. घ. ङ. छ. के. को : आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला । आजको दिन सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो हाेला ।
कर्कट - हि. हू.हे.हो.डा.डि.डु.डे.डो : आजको दिन तपाईको शुभ रहेको छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला ।
सिंह - मा.मि.मु.मे.मो.टा.टि.टु.टे : परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ ।
कन्या - टो.प.पी.पू.ष.ण.ठ.पे.पो : कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ। अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनीराशिबाट महिला र बृद्ध माताहरुलाई केही उपहार दिनु होला ।
तुला - रा.री.रु.रे.रो.ता.ती.तु.ते : आजको दिन शुरु गरेको काम सफल हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला ।
वृश्चिक - तो.ना.नि.नु.ने.नो.या.यि.यु : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ। शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ। देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।
धनु - ये.यो.भा.भी.भु.ध.फा.ढ.भे : आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ। चन्द्रमाको साथ रहेको छ। विहान सूर्योदयको दर्शन गर्नुहोला । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ ।
मकर - भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी : आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।
कुम्भ - गु.गे.गो.सा.सी.सु.से.सो.द : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ। ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ।
मीन - दी.दु.थ.झ.ञ.दे.दो.च.ची : बिहान सूर्योदयको दर्शन गरेर मात्र आजको कार्य शुभ रहनेछ । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापारमा हुनुहुन्छ भने लाभ हुनेछ ।
