• ट्रेण्डिङ्ग :
संविधानको धारा ६१ अनुसार सुशीला कार्की मुलुकको प्रधानमन्त्री

संविधानको धारा ६१ अनुसार सुशीला कार्की मुलुकको प्रधानमन्त्री


  • 1.8K
    SHARES
    • भाद्र २७, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 2.8K Views

    संविधानको धारा ६१ अनुसार सुशीला कार्की मुलुकको प्रधानमन्त्री

     काठमाडौं २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

    images

    तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।


    नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

    संविधानको धारा ६१ ९१ र २०मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।

    राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ ।

    राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

     


    तेस्रो आँखा