• ट्रेण्डिङ्ग :
तीन मन्त्रीको शपथ आज

तीन मन्त्रीको शपथ आज


  • 4.7K
    SHARES
    • भाद्र ३०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 7.3K Views

    तीन मन्त्रीको शपथ आज

    काठमाडौँ, भदौ ३० । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीको शपथ सोमबार हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

    images

    नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालय र रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    सोमबार बिहान ११ः३० मा राष्ट्रपति कार्यालयमा उहाँहरुको शपथ हुने राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ । 

    काठमाडौँ उपत्यकासहित देशभरि गत सोमबार र मङ्गलबार जेनजी प्रदर्शन भएको थियो । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

    उहाँको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

     


    तेस्रो आँखा