• ट्रेण्डिङ्ग :
आज संविधान तथा राष्ट्रिय दिवस : प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने

आज संविधान तथा राष्ट्रिय दिवस : प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने


  • 2.2K
    SHARES
    • आश्विन ३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 3.4K Views

    आज संविधान तथा राष्ट्रिय दिवस : प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने

    काठमाडौँ, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

    समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

    नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

    विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गर्नुभएको थियो । रासस 

     
     
     
     
     
     


    तेस्रो आँखा