• ट्रेण्डिङ्ग :
विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, शाक्यको सरुवा

विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, शाक्यको सरुवा


  • 4.8K
    SHARES
    • आश्विन ५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.4K Views

    विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, शाक्यको सरुवा

    काठमाडौँ, असोज ५ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको छ ।

    images

    सरकारले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गर्दै सिलवाललाई जिम्मेवारी दिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा हुनुभएको छ ।

    गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सोही पदमा नियुक्त गरेको थियो । कुलमान ऊर्जा मन्त्री बन्नु भएपछि शाक्यको सरुवा भएको हो । 


    तेस्रो आँखा