• ट्रेण्डिङ्ग :
फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल

फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल


  • 2.5K
    SHARES
    • आश्विन ६, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 3.8K Views

    फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल

    काठमाडौँ, ६ असोज । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताउनु भएको छ ।

    images

    सोमवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताउनु भएको हो ।

    सञ्चारमन्त्री खरेलले जनताले अनुभूति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले धुलो र खरानी टकटक्याउँदै सरकारले जनतामा अनुभूति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘जसरी पनि फागुन २१ मा चुनाव गर्नुछ । त्यसलाई सम्भव बनाउनु पर्छ । दोस्रो कुरा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने कुरामा बस्तुपरक ढंगले कार्यान्वयन हुने हिसाबले देखिने गरेर र जनताले महसुस गर्ने गरेर केही फाउन्डेशनहरु हामीले स्टाप्लिस गर्नुपर्नेछ । भ्रष्टाचार नियन्त्रण पनि ६ महिनामा हुँदैन । यसलाई ५ वर्ष लाग्ला, १० वर्ष लाग्ला, ३ वर्ष लाग्ला । १५ वर्ष लाग्ला । घटाउँदै जाने हो । तर जनताले यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा निर्मम छ है, काम गर्दैछ छ है भन्ने अनुभूति ६ महिनामा बनाउन सकिन्छ । र, ६ महिना पछि आउने सरकारले यहाँ नटेकी सुखै नहुने केही न केही हामीले त्यो व्यवस्था गरेर जान सकिन्छ । र तेस्रो कुरा भनेको मैले अघि नै भने–हामी खरानी टकटक्याउँदै हाम्रो जीवन र यी धरोहरुहरुको पुनर्निर्माण गर्नुपर्नेछ । आज संसद भवनको हाल हेर्नुस् । सिंहदरबार, सर्वोच्च अदालतको हालत हेर्नुस्, राष्ट्रपति भवन जहाँ म शपथ लिएर आएको छु । कस्तो कारुणिक दृश्य छ । अव यो सरकारले खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूति हुने गरी यो ६ महिनामा केही कामहरू गर्छौँ ।’

    त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरूको काममा आफूले हस्तक्षेप नगर्ने पनि बताउनुभयो। राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरूले काम गर्न नसकेको उल्लेख गर्दै उहाँले आफूले हस्तक्षेप नगर्ने बताउनुभयो ।


    तेस्रो आँखा