• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कार्कीसँग थाइल्यान्डका राजदूतको बिदाइ भेट

प्रधानमन्त्री कार्कीसँग थाइल्यान्डका राजदूतको बिदाइ भेट


  • 1.5K
    SHARES
    • आश्विन ८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 2.2K Views

    प्रधानमन्त्री कार्कीसँग थाइल्यान्डका राजदूतको बिदाइ भेट

    काठमाडौँ, असोज ८ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित थाइल्यान्डका राजदूत सुवापोङ श्रीस्वर्नले आज  शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

    images

    बुधबार सिंहदरबारमा सम्पन्न भेटवार्तामा नेपाल र थाइल्यान्डबिचको आपसी सम्बन्ध, सहयोग र साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    भेटमा प्रधानमन्त्री कार्कीले दुई देशबिच ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

    भेटमा राजदूतले नेपालमा कार्यकालका क्रममा प्राप्त सहयोग, सद्भाव र सहयोगी वातावरणप्रति आभार व्यक्त गर्दै दुई देशबिचको मित्रतालाई भविष्यमा पनि थप प्रगाढ बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

     


    तेस्रो आँखा