• ट्रेण्डिङ्ग :
तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध.

तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध.


  • 2.9K
    SHARES
    • आश्विन १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 4.4K Views

    तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध.

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज पुनः सुक्खा पहिरो खसेको छ ।

    images

    अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

    उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उहाँका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ ।

    अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उहाँको भनाइ छ । गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।

     


    तेस्रो आँखा