• ट्रेण्डिङ्ग :
चुनावी गठबन्धनका लागि ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगे –अध्यक्ष नेपाल

चुनावी गठबन्धनका लागि ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगे –अध्यक्ष नेपाल


  • 6.0K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    चुनावी गठबन्धनका लागि ओली सुटुक्क ज्ञानेन्द्र निवास पुगे –अध्यक्ष नेपाल

    काठमाडाैं,११ चैत्र ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली राप्रपासँग चुनावी गठबन्धनका लागि ज्ञानेन्द्र गुहार्न पुगेको बताएका छन् । पार्टीनिकट महिला संघको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले गठबन्धनका लागि आतुर रहेको दाबी गरे ।

    images

    को सँग कसरी गठबन्धन गरौं भनेर ओली छटपटाइरहेको उनले बताए । केपी ओली राप्रपासँग तालमेल गर्न खोजिरहेको टिप्पणी गर्दै उनले भने, ‘हामीलाई कमजोर छ, त्यसैले तालमेल गर्न मरिमेटी लागेको आरोप लगाउँदैछन् तर केपी ओली पनि गठबन्धन गर्दैछन् । सुटुक्क ज्ञानेन्द्रको निवास पुगेका छन्, राप्रपासँग तालमेल गर्न । विदेशीको दलाली गर्ने पार्टीसँग मिल्न खोजेका छन् ।’

    वर्तमान गठबन्धन दलबीच चुनावी तालमेलका लागि कांग्रेसको निर्णय पर्खेर बसेको पनि नेपालले बताए । तालमेल गर्ने कुरामा देउवासँग विश्वस्त रहेको उनको भनाय छ । ‘देउवाले एमसीसीका बेला पनि केपी ओलीले कुरा गर्दा म धोकाको राजनीति गर्दिनँ भन्नुभयो । उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने,‘हामी पार्टीको निर्णय के हुन्छ ? पर्खेर बसेका छौ ।’

    यद्यपी जुनसुकै अवस्थाका लागि आफू तयार रहनुपर्ने उनले बताए । ‘देउवाको विश्वास छ, तर केही भन्न सकिन्नँ । आफ्नै बलबुताले चुनाव लड्न तयार रहनुपर्ने हुन सक्छ त्यसका लागि सबै तयारी हातलमा बस्नुस ,’ उनले कार्यकर्तालाई निर्देशन दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप