• ट्रेण्डिङ्ग :
तुइनखोलामा पहिरो, मुग्लिन–नारायणगढ सडक बन्द

तुइनखोलामा पहिरो, मुग्लिन–नारायणगढ सडक बन्द


  • 6.3K
    SHARES
    • आश्विन १८, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 9.7K Views

    तुइनखोलामा पहिरो, मुग्लिन–नारायणगढ सडक बन्द

    चितवन, असोज १८ । तुइनखोलामा लगातार पहिरो खस्न थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द भएको छ । भारी वर्षाका कारण तुइनखोलामा ससाना पहिरो खस्न थालेपछि बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जोखिम बढेकाले यातायात बन्द गरिएको जानकारी दिनुभयो । 

    images

    दिउँसो एकतर्फी सवारी साधन चले पनि ३ बजेदेखि बन्द गरिएको छ । अहिले पनि ढुङ्गा खसिराखेको प्रहरीले जानकारी दिएको छ । मुग्लिन मलेखु सडक खण्डअन्तर्गत चितवनको फिसलिङमा आएको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ । दिउँसो १ बजे खसेको पहिरो २ बजे पन्छाएपछि यातायात सञ्चालनमा आएको छ । 

  • सम्बन्धित विषय:

  • # तुइनखोलामा पहिरो

  • तेस्रो आँखा