• ट्रेण्डिङ्ग :
विपद् जोखिम न्यूनीकरणको बैठक सिंहदरबारमा

विपद् जोखिम न्यूनीकरणको बैठक सिंहदरबारमा


  • 1.7K
    SHARES
    • आश्विन २१, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 2.7K Views

    विपद् जोखिम न्यूनीकरणको बैठक सिंहदरबारमा

    काठमाडौँ, असोज २१ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठक सिंहदरबारमा बसिरहेको छ । 

    images

    बैठकमा केही दिनअघिको मनसुनजन्य विपदको खोज, उद्धार र राहतबारेमा केन्द्रित हुने जानकारी परिषद्का प्रवक्ता शान्ति महतले दिनुभयो । साथै बैठकले आवास विहीनहरूका लागि अस्थायी आवास निर्माणका लागि के कति राहत दिनेसम्बन्धी निर्णय गर्ने सम्भावना रहेको छ । 

    बैठकमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललगायत हुनुहुन्छ । बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिने जानकारी दिइएको छ ।  


    तेस्रो आँखा