• ट्रेण्डिङ्ग :
सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस्

सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस्


  • 4.3K
    SHARES
    • आश्विन २२, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.6K Views

    सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस्

    काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् ।

    images

    एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईवर व्युरोमा बयान दिए लगत्तै बुधवार उहाँले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौति दिए ।

    नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए । ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरुलाई कारबाहीको दायरामा ल्याओस्’ उनले भने ।

    नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताए ।

     


    तेस्रो आँखा