• ट्रेण्डिङ्ग :
दलका नेताहरू राष्ट्रपति कार्यालय जाँदै

दलका नेताहरू राष्ट्रपति कार्यालय जाँदै


  • 3.3K
    SHARES
    • आश्विन २४, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.1K Views

    दलका नेताहरू राष्ट्रपति कार्यालय जाँदै

    काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई संवादका लागि बोलाउनुभएको छ । 

    images

    जेन्जी आन्दोलनबाट निर्वाचित सरकार विघटन भई २०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि राष्ट्रपतिले पहिलो पटक अन्तरिम सरकारका प्रधानमन्त्रीसहित दलका नेताहरूलाई संवादका लागि बोलाउनुभएको हो । 

    राष्ट्रपतिको सचिवालयले दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिएको छ । 

    जेन्जी आन्दोलनबाट उत्पन्न परिस्थिति र अझ द्वन्द्व चर्किने हो कि भन्ने जनमानसमा चिन्ता छाइरहेका बेला राष्ट्रपतिसँग दलका नेताहरूले भेट्न लाग्नुभएको हो । 

    नेपाली कांग्रेसबाट उपसभापति र महामन्त्री जाने जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । 


    तेस्रो आँखा