• ट्रेण्डिङ्ग :
मनसुनको बहिर्गमनसँगै मौसम सफा, पूर्वी नेपालमा हल्का वर्षाको सम्भावना

मनसुनको बहिर्गमनसँगै मौसम सफा, पूर्वी नेपालमा हल्का वर्षाको सम्भावना


  • 1.9K
    SHARES
    • आश्विन २५, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 2.9K Views

    मनसुनको बहिर्गमनसँगै मौसम सफा, पूर्वी नेपालमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बाहिरिएको छ । शुक्रबारदेखि औपचारिक रूपमा मनसुन बहिर्गमन भए पनि यसको सामान्य प्रभाव अझै केही स्थानमा देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश भू–भागमा मौसम सफा रहनेछ। यद्यपि, पूर्वी नेपालका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना कायमै छ ।

    आजको मौसम पूर्वानुमान:

    दिउँसो: कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति: कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ ।

     


    तेस्रो आँखा