• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री र जेनजी समूहबिच छलफल जारी

प्रधानमन्त्री र जेनजी समूहबिच छलफल जारी


  • 7.6K
    SHARES
    • आश्विन २५, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 11.7K Views

    प्रधानमन्त्री र जेनजी समूहबिच छलफल जारी

    काठमाडौँ,  असोज २५ ।  प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन  र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिसँग आज राष्ट्रपति कार्यालयमा छलफल भएको छ ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा जारी छलफलमा प्रधानमन्त्री कार्की मन्त्री र जेनजी समूहका प्रतिनिधि सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुङ्गानालगायत  सहभागी हुनुहुन्छ । छलफलमा  सुशासन, संविधान संशोधनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिले आफ्ना धारणा प्रस्तुत गरेका छन् ।

    आगामी निर्वाचनमा केन्द्रित भएर  विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताबिच शुक्रबार राष्ट्रपति भवनमा छलफल भएको थियो । युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिसँग राष्ट्रपति भवनमा पहिलोपटक छलफल भएको हो ।  रासस


    तेस्रो आँखा