• ट्रेण्डिङ्ग :
टासी ल्हाजोममाथिको आरोप आधारहीन : आदिबासी जेनजी समूह

टासी ल्हाजोममाथिको आरोप आधारहीन : आदिबासी जेनजी समूह


  • 4.8K
    SHARES
    • आश्विन २६, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.3K Views

    टासी ल्हाजोममाथिको आरोप आधारहीन : आदिबासी जेनजी समूह

    काठमाडौं, असोज २६ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आदिवासी जेनजी समूहको तर्फबाट मन्त्रीमा सिफारिस हुनुभएकी टासी ल्हाजोम तामाङको बारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा गरिएको गलत प्रचारप्रति आदिबासी जेनजी समूहले आपत्ति जनाएको छ । 

    images

    जेनजी आदिबासी समूहले विज्ञप्ति जारी गर्दै आदिबासीलाई बदनाम गर्नेगरी कुप्रचार गर्नु गलत भएको भन्दै प्रतिरक्षा गरेको छ । हुम्ला निवासी ल्हाजोमले हिमाली क्षेत्रमा रहेर नेपालको जलवायू परिवर्तनसम्बन्धी संवेदनशील विषयमा बृत्तचित्र एवम् श्रव्यदृश्यमार्फत भूमिका निर्वाह गर्दै आउनुभएकी ल्हाजोममाथि आधारहीन आरोप लगाइनु गलत भएको भनिएको छ । 

    नेपाली नागरिकलाई विदेशी नागरिकजस्तो आधारहीन आरोप लगाइनु कुनै पनि अर्थमा सत्य र तथ्य नभएको बताउँदै आदिबासी जेनजी समूहले सो आरोपको खण्डन गरेको छ । त्यस्तो गलत कुप्रचार नगर्न पनि सबैमा आग्रह गरेको छ । 

    हुम्ला स्थायी निवासी लाक्पा छिरिङ तामाङकी छोरी ल्हाजोम जिल्ला प्रशासन कार्यालय हुम्लाबाट नागरिकता प्राप्त आदिबासी समुदायकी चेली हुनुहुन्छ भन्ने नागरिकता प्रमाणपत्रले देखाउँछ । उहाँको नागरिकता नम्बर ५९–०१–७४–०१०४२ रहेको देखिन्छ । 

    २०५६ कात्तिक २९ गते हुम्लामा जन्मनुभएकी ल्हाजोमलाई जेनजी आदिबासी समूहबाट मन्त्रीमा सिफारिस गरेको सूचना बाहिर आएपछि उहाँविरुद्ध आधारहीन आरोप लगाइएको जेनजी आदिबासी समूहका नेतृत्वहरुको भनाइ छ । समूहकी नेतृत्वकर्ता सबनम लामाले ल्हाजोममाथि लगाइएको आरोप आधारहीन रहेको बताउनुभयो । समूहको तर्फबाट त्यसको विरोध गरिसकिएको भन्दै उहाँले सञ्चार माध्यमले सत्यतथ्य कुरा बुझेर मात्र समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको सुझाव छ ।

    नागरिकता प्रमाणपत्रअनुसार ल्हाजोमले २०७४ माघ ७ गते नागरिकता लिएको देखिन्छ । हुम्लाका स्थानीय जीवन शाहीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “उनी एक दशभक्त लिमी हल्जी गाउँका साहु कुतु तामाङकी नातिनी हुन् । हुम्लामा हाम्रो वस्ती जति पुरानो हो, उनको पनि त्यति नै पुरानो हो । आज पनि उनको बुवा गाउँ छाडेका छैनन् ।”

    जेनजी आदिबासी समूहकी सामना लावतीले ल्हाजोममाथि अनावश्यक आरोप लगाएर आदिबासीको बदनाम गर्ने प्रयास भएको बताउनुभयो । आदिबासी समुदायले अवसर पाउने बेलामा यस्तो गलत आरोप लगाएर बदनाम गर्ने विषय असह्य भएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल र केही मिडियामा आएको सूचना र समाचार तथ्यहीन भएको उहाँले दावी गर्नुभयो । 


     


    तेस्रो आँखा