• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश कमिटीले पायो पूर्णता

एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश कमिटीले पायो पूर्णता


  • 7.8K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश कमिटीले पायो पूर्णता
    काठमाडौं, ११ चैत । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपा एसले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको हो । 

    केन्द्रीय विभागमध्ये सम्मानित नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाउँदा महासचिव वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएको नेकपा एसले जनाएको छ । 

    images

    त्यस्तै उपमहासचिव विजय पौडेलले अर्थ तथा योजना विभागको जिम्मेवारी पाएका छन् । रामचन्द्र झाले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । अर्थ विभागको प्रमुख सोमप्रसाद पाण्डे चयन भएका छन् भने स्कुल विभागको प्रमुख प्रमेश हमाल भएका छन्। 
    संसदीय विभाग प्रमुख जीवनराम श्रेष्ठले पाएका छन् । त्यस्तै प्रदेश कमिटीले पनि पूर्णता पाएको नेकपा एसले जनाएको छ ।


    तेस्रो आँखा