• ट्रेण्डिङ्ग :
विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलको रिपोर्ट

विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलको रिपोर्ट


  • 5.0K
    SHARES
    • कार्तिक ५, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.7K Views

    विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलको रिपोर्ट

    काठमाडौँ, कात्तिक ४ । विपिन जोशीको टाउकोमा गोली  लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

    images

    दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबिच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।

    यसैगरी, आज महाकाली नदी किनारमा विपिनको अन्त्येष्टि गरिँदै छ । विपिनको अन्त्येष्टि अघि भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भएको छ । शवयात्रा केही बेर अघि सुरु भएको हो । 


    तेस्रो आँखा