• ट्रेण्डिङ्ग :
नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छः उपराष्ट्रपति

नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छः उपराष्ट्रपति


  • 2.5K
    SHARES
    • कार्तिक ६, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.8K Views

    नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छः उपराष्ट्रपति

    काठमाडौँ, कात्तिक ५ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको छ ।

    images

    उपराष्ट्रपति यादवले नेपाल संवत् ११४६ को सुखद् आरम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै कात्तिक शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने नेपाल संवत्ले सो कुरा उल्लेख गर्नुभएको छ ।

    उहाँले भन्नुभएको छ, “यो राष्ट्रिय सम्वत्को नयाँ वर्षले समस्त देशवासीलाई एकताबद्ध भई राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई सुदृढ गर्दै समृद्ध मुलुक निर्माणको महाअभियानमा एकाग्रताका साथ अघि बढ्न प्रेरणा र प्रोत्साहन मिलोस् भन्ने हार्दिक कामनाका साथ पुनः शुभकामना व्यक्त गर्दछु ।”

    नेपाल संवतलाई मौलिक संवतको प्रवर्तक राष्ट्रिय विभूति शंखधर साःख्वालाई यस शुभ दिनमा हामी उच्च सम्मानका साथ स्मरण गर्दछौँ । उहाँले किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नुभएको लोककल्याणकारी, निस्वार्थ र अतुलनीय योगदान नेपाल र नेपाली समाजका लागि सदैव प्रेरणाको स्रोत बनिरहने पनि उल्लेख गर्नुभएको छ ।

    हाम्रो ‘विविधतामा एकता’ को मौलिक पहिचानलाई थप बलियो बनाउँदै, सम्पूर्ण नेपालीहरूबिच परस्पर अपनत्व भाव र सद्भाव बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । रासस 


    तेस्रो आँखा