• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक


  • 3.4K
    SHARES
    • कार्तिक ९, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 5.2K Views

    प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

    काठमाडौँ, कात्तिक ८ । मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

    images

    बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारवटै सुरक्षा निकायका प्रमुख हुनुहुन्थ्यो । बैठकमा सुरक्षा प्रमुखले वर्तमान अवस्थाबारे जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नुभयो, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेका जानकारी प्राप्त भएको छ । आफ्ना राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन् ।”

    उहाँले राजनीतिक मुद्दाको सम्बोधनका लागि सरकारले संवादको ढोका खुला राखेको र सम्बद्ध पक्षहरूसँग वार्ता गर्ने बताउनुभएको छ । 


    तेस्रो आँखा