• ट्रेण्डिङ्ग :
राष्ट्रपति पाैडेलबाट स्वास्थ्य र खेलकुद मन्त्रीद्वारा शपथ

राष्ट्रपति पाैडेलबाट स्वास्थ्य र खेलकुद मन्त्रीद्वारा शपथ


  • 3.8K
    SHARES
    • कार्तिक १०, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.9K Views

    राष्ट्रपति पाैडेलबाट स्वास्थ्य र खेलकुद मन्त्रीद्वारा शपथ

    काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गर्नुभएको हो । 

    images

    स्वास्थ्यमन्त्री शर्मा पूर्व सचिव हुनुहुन्छ भने खेलकुदमन्त्री गुप्ता सामाजिक अभियन्ता हुनुहुन्छ । 

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

  • सम्बन्धित विषय:

  • # मन्त्रीद्वारा शपथ

  • तेस्रो आँखा