अमेरिका, ११ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्द्र ढकालले राजनितिक स्थायित्वका लागि चुनावको विकल्प नभएको बताउनु भएको छ। पोलिटिकल अस्थिरताको अन्त्य गर्दै देशलाई लिकमा ल्याउनका लागि चुनाव बाहेक अर्को केही हुँदैंन । अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघले अमेरिकाको डलासमा आयोजना गरेको अन्तरक्रियामा भन्नुभयो-नेपालमा पोलिटिकल अस्थिरता छ, सोलुसन भनेको चुनावनै हो, सरकारले पनि सबैको अनरसिप लिएर सबैलाई चुनावमै लैजान भूमिका खेल्नुपर्दछ, देशलाई सिस्टममा लग्नका लागि चुनावमै जाने हो, सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्दछ ।
कठिन अवस्थाका बीच पनि निजी क्षेत्र आशावादी ढंगले अघि बढिरहेको बताउँदैं अध्यक्ष ढकालले पछिल्लो जेन-जी पुस्ताले गरेको आन्दोलन र उनीहरुले आन्दोलनका क्रममा उठाएका भ्रष्टाचार अन्त्य, शुसाशन, समृद्दि, रोजगारी जस्ता मुद्दा आम नेपालीकै रहेको बताउनुभयो । तर आन्दोलनका क्रममा भएको आगजनी , तोडफोड जस्ता गतिविधि सबैका लागि दुःखदायी रहेको जनाउनुभयो । 
जेन-जी ले उठाएको कुरा वास्तवमा धेरैं नेपालीको चाहना थियो, शुसासनको कुरा, भ्रष्टाचारको कुरा, वन डोर प्रणालीका कुरा आम पब्लिकले पनि चाहेको कुरा हो । उहाँले थप्पनुभयो –तर जेन-जी को उद्देश्य भित्र सिंहदरवार, अख्तियार, सर्वोच्च अदालत जलाउने, उद्योग प्रतिष्ठान जलाउने पक्कै थिएन त्यहाँ घुसपैठ भयो रोजगारीको कुरा गरिरहँदा उद्योग व्यापारिक प्रतिष्ठानमा आगजनी गरेर त्यो कसरी संभव रहन्छ ।
एक अर्को प्रसंगमा अध्यक्ष ढकालले आन्दोलनका क्रममा भएको आगजनीका घटनाहरुलाई हेर्दा त्यसको पछाडि एक कारण फेक न्यूज रहेको देखिएको र फेक न्यूज बिस्तारैं समस्या बनिरहेकाले फेक न्यूजवाट समाजलाई जोगाउनुपर्ने बताउाुभयो । एक अर्को प्रसंगमा अध्यक्ष ढकालले नेपालमा जहिल्यैं पनि लगानी गर्ने प्रचुर संभावना हुने भएकाले नेपालमा लगानी गर्न सबैलाई आग्रह गर्नुभयो । लगानीको ईन्भायरमन्ट बन्दैं गएको छ, ३० वटा भन्दा बढि लगानी मैत्री रुपमा कानुन संसोधन भएका छन् । उहाँले भन्नुभयो–लगानी गर्न नेपालमा प्रचुर संभावना रहेको छ, हामीले पनि नेपालमा लगानी गर्ने वातावरण राम्रो रहेको सन्देश दिने गरी काम गरिरहेका छौं ।
सूर्य बने ईन्जिनियर अफ द ईयर
अमेरिकन सोसाईटी अफ सिभिल ईन्जिनियर्सले प्रदान गर्ने ईन्जिनियर अफ द ईयर २०२५ सूर्य भण्डारी घोषित हुनुभएको छ । लामो समयदेखि टेक्ससको डलासमा बस्दैं आएका उहाँ अमेरिकन सोसाईटी अफ सिभिल ईन्जिनियर्सको डलास शाखाले प्रदान गर्ने सो अवार्डवाट सम्मानित हुनुभएको हो । नेपाल चितवनको माडी निवासी भण्डारी नेपालमा रहँदा पनि ईन्जिनियरिङ पेशामै सक्रिय रहनु भएको थियो । १५ वर्ष देखि टेक्ससमा बस्दैं आएका उहाँ एक प्रतिष्ठित पूर्वाधार निर्माण कम्पनीमा सहायक प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ । 
लायन्स ईन्टरनेशनलमा पनि सक्रिय उहाँ डलास एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष पनि हुनुहुन्छ । लायन अफ द ईयर २०२४ समेत भएका भण्डारी सामाजिक सेवामा पनि उक्तिकैं सत्रिय हुनुहुन्छ । ईन्जिनियर अफ ईयर बनेका भण्डारी सोही संस्थाको प्रेसिडेन्ट इलेक्ट पनि चुनिएका छन् । यसैगरी, आउटस्ट्याण्डिङ स्टुडेन्ड अवार्ड निशा स्थापितले प्राप्त गरेकी छन् । उहाँले मास्टर अफ साईन्स ईन सिभिल ईन्जिनियरिङ गर्नुभएको छ । अमेरिकामा रहेका सिभिल ईन्जिनियरहरुको संस्थाले हरेक सिटीको पूर्वाधार निर्माणको कार्यमा महत्वपूर्ण भूमिका खेल्दैं आएको छ ।
शान्तिका लागि पदयात्रा
अमेरिकाको टेक्सस राज्यको फोटवर्थवाट राजधानी वासिङटन डिसीसम्म शान्तिका लागि पदयात्रा हुने भएको छ । ह्युङ डाओ विपश्यना केन्द्रको तत्वाधानमा भिक्षु पन्नाकराको नेतृत्वमा २४ जना भिक्षु पदयात्रामा निस्कने भएका हुन् । पन्नाकरा सो केन्द्रका उपाध्यक्ष समेत हुन् । करिव ३७ किलोमिटरको पदयात्रा अक्टुबर २६ वाट सुरु हुनेछ । राष्ट्रियता, एकता र करुणाको प्रवर्द्दन गर्दै अघि बढ्ने पदयाक्राका त्रममा विभिन्न राज्य र शहरमा रहेका गुम्बाहरुमा समेत अन्तरक्रिया गरिने उपाध्यक्ष पन्नाकराले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पदयात्रा करिव १० राज्य भएर जाने बताउँदैं केन्द्रका प्रेस संयोजक डा। निरज बज्राचार्यले १ सय १० दिन लगाएर फेब्रुअरी १३ मा यात्रा समापन गरिने बताउनुभयो ।
सो अवसरमा टेक्सस स्टेट हाउस अफ रिप्रेजेन्टेटिभ सलमान भोजनी अमेरिका सबैको साझा थलो भएको र यसैले पनि सबैका लागि अमेरिका सपनाको देश भएको बताए । उनले सबै धर्मालम्बीहरुले अपनत्वको अनुभूति गर्न सक्नुलेनैं अमेरिकालाई विशाल बनाउनेमा जोड गर्नुभयो । भोजनीकै पहलमा टेक्सस हाउसले मे १५ लाई बुद्व(बेसाक) डे को रुपमा मनाउन थालेको छ भने लुम्बिनी डे समेत घोषणा गरेको छ । टेक्ससमा करिव ११ लाख बौद्व धर्मालम्बीहरु रहेका बताईन्छ । 
तिहारलाई फोर्टवर्थ सिटीवाट मान्यता
अमेरिकाको टेक्सास राज्यको फोर्ट वर्थ शहरले तिहारलाई मान्यता दिएको छ । जनसंख्याको हिसाबले टेक्ससको चौथो ठूलो शहर फोर्टवर्थ शहर सिटी अफ काउन्सीलको बैठकमार्फत तिहार–दिपावलीलाई पर्वको रुपमा मान्यता दिएको हो । टेक्ससमा रहेको गैर आवासीय नेपालीको संख्या मध्येको ठूलो हिस्सा फोर्टवर्थ शहरमा रहेको छ ।
सो शहरले तिहार दिपावलीलाई दिएको मान्यताले यहाँ बसोबास गर्ने हिन्दु धर्मालम्बीहरुलाई लाभ पुगेको छ । फोर्ट वर्थ सिटीका विल्डिङ स्ट्यान्डर्सस कमिसनका कमिस्नर मोहन ज्ञवालीको पहलमा सिटी काउन्सील सदस्य डेब्रो पिपुल्सको तत्वाधानमा सिटी मेयर म्याटी पार्करको अध्यक्षतामा बसेको सिटी काउन्सील बैठकले दिपावली तिहारलाई मान्यता दिने निर्णय गरेको हो ।
