• ट्रेण्डिङ्ग :
जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट गर्ने ३ पक्राउ

जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट गर्ने ३ पक्राउ


  • 3.0K
    SHARES
    • कार्तिक १५, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 4.6K Views

    जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट गर्ने ३ पक्राउ

    काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।

    उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

    उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

     


    तेस्रो आँखा