• ट्रेण्डिङ्ग :
मधेश प्रदेश प्रमुख कर्णले शपथ लिनुभयो

मधेश प्रदेश प्रमुख कर्णले शपथ लिनुभयो


  • 3.8K
    SHARES
    • कार्तिक २६, २०८२ मंगलबार
    • ११ महिना अघि
    • 5.9K Views

    मधेश प्रदेश प्रमुख कर्णले  शपथ  लिनुभयो

    काठमाडौँ, कात्तिक २५ गते । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

    images

    राष्ट्रपति कार्यालयको शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलसँगै संवैधानिक अङ्गका प्रमुख, उच्च पदस्थ कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।

    सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

    सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई मधेश प्रदेशको प्रमुख पदमा नियुक्त गर्नुभएको हो । नियुक्ति लगत्तै उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

     


    तेस्रो आँखा