• ट्रेण्डिङ्ग :
फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह

फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह


  • 5.5K
    SHARES
    • कार्तिक २७, २०८२ बुधबार
    • ११ महिना अघि
    • 8.5K Views

    फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह

    काठमाडौं, कात्तिक २५ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ। 

    images

    आयोगले मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन आग्रह गरेको हो।

    आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर सो मितिसम्म १८ वर्ष नपुगेका नागरिकहरू आगामी निर्वाचनमा मतदान गर्न योग्य नहुने हुँदा उनीहरूले निर्वाचन सम्पन्न भएपछि मात्र मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

    नाम दर्ता स्थलहरूमा सेवाग्राहीको अधिक चाप देखिएपछि सहज सेवा प्रवाहका लागि विशेष व्यवस्था गरिएको आयोगले जनाएको छ। 

    दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा दुई सिफ्ट ९६–६ घण्टा० का दरले दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।

    त्यसैगरी, काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत थप १४ जना दर्ता कर्मचारी खटाई सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। 

    अन्य जिल्लाहरूमा भने सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत अतिरिक्त जनशक्ति खटाउने विषयमा गृह मन्त्रालयसँग समन्वय गरिएको आयोगले जानकारी दिएको छ।

    निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आयोगले समयमै योग्य नागरिकहरूको नाम दर्ता सुनिश्चित गर्न सबै तहका निकायलाई सहयोग पुर्‍याउन आग्रह गरेको छ।

    प्रवक्ता भट्टराईले भन्नुभयो, “नागरिकको सहभागिता लोकतान्त्रिक अभ्यासको आधार हो, त्यसैले योग्य उमेर पूरा गर्ने सबै नेपालीले समयमै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न हामी हार्दिक अनुरोध गर्दछौं ।” 

  • सम्बन्धित विषय:

  • # तदाता नामावली

  • तेस्रो आँखा