• ट्रेण्डिङ्ग :
६ लाख २० हजार नयाँ मतदाता थपिए

६ लाख २० हजार नयाँ मतदाता थपिए


  • 3.8K
    SHARES
    • मंसिर ३, २०८२ मंगलबार
    • ११ महिना अघि
    • 5.9K Views

    ६ लाख २० हजार नयाँ मतदाता थपिए

    काठमाडौँ, मङ्सिर २ गते । निर्वाचन आयोगले छ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्याङ्क सोमाबार राति ९ बजेसम्मको हो ।

    images

    तीन लाख ११ हजार ४१४ जना निर्वाचन आयोगको नियमित सर्भरबाट र तीन लाख आठ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ मतदाता थपिएको आयोगले जनाएको छ ।

    निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।

    आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन जारी छ ।

    पहिलो चोटी गत कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मङ्सिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।




     


    तेस्रो आँखा