• ट्रेण्डिङ्ग :
देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभरको मौसम सफा रहने पूर्वानुमान


  • 1.7K
    SHARES
    • मंसिर ४, २०८२ बुधबार
    • ११ महिना अघि
    • 2.7K Views

    देशभरको मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ, मङ्सिर ३ गते । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    images

    आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज बिहान ५ः३० बजे यहाँको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ । रासस 


     
     


    तेस्रो आँखा