• ट्रेण्डिङ्ग :
एनपिएल : चितवनले लुम्बिनीलाई १४३ रनको लक्ष्य दियो

एनपिएल : चितवनले लुम्बिनीलाई १४३ रनको लक्ष्य दियो


  • 2.4K
    SHARES
    • मंसिर ५, २०८२ बिहीबार
    • ११ महिना अघि
    • 3.6K Views

    एनपिएल : चितवनले लुम्बिनीलाई १४३ रनको लक्ष्य दियो

    काठमाडौँ, मङ्सिर ४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४३ रनको मध्यम लक्ष्य दिएको छ । 

    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४२ रन बनायो । 

    चितवनका लागि रवि बोपराले अर्धसतकीय पालि खेल्नुभयो । सर्वाधिक ६६ रन बनाउनुभएका रविले ५५ बलमा चार चौका र तीन छक्का हान्नुभयो ।

    यस्तै कप्तान कुशल मल्लले २१, सैफ जैइफले १५, देव खनालले १४, ओपनर दीपक बोहराले १० र अर्जुन साउदले अविजित आठ रन बनाउनुभयो । 

    बलिङमा लुम्बिनीका रुवेन ट्रम्पलम्यानले तीन विकेट लिनुभयो । अविशेष गौतम र गुलवादिन नैवले दुई दुई विकेट लिनुभयो । 

    एपिएलमा पहिलो खेल खेलेको लुम्बिनी आज सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यता चितवन लगातार दोस्रो जित निकाल्ने तयारीमा छ । यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो । 

     

     


    तेस्रो आँखा