• ट्रेण्डिङ्ग :
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

रास्वपा र विवेकशीलबीच आज एकता घोषणा


  • 2.4K
    SHARES
    • मंसिर १५, २०८२ आइतबार
    • ११ महिना अघि
    • 3.7K Views

    रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

    काठमाडौँ,  मङ्सिर १४ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    images

    असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।

    विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो । रासस 

     
     
     


    तेस्रो आँखा