• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट


  • 2.3K
    SHARES
    • मंसिर २०, २०८२ शुक्रबार
    • ११ महिना अघि
    • 3.5K Views

    प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

    काठमाडौं, मङ्सिर १९ । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । नेपाल(जापान सम्बन्धको ७० औं वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि उहाँले शिष्टाचार भेट गर्नुभएको हो ।

    images

    सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याउनुभयो ।

    प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग(सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो।


    तेस्रो आँखा