नेपाली कांग्रेस का नेता राजेन्द्र धिताल लामो समय नेपाली कांग्रेस को सकृय राजनीति को रुपमा भुमिका निर्वाह गर्नु भएको नेता मा चिन्न सकिन्छ । वि.स. २०२७ सालमा ने. वि. संघ गठन हुँदा देखि संस्थापक भुमिका निभाएका राजेन्द्र धिताल को ईतिहास वि.स. २०३५ सालमा अमृत साइन्स क्याम्पस मा एकाई सभापति भएको र अंस्कल क्याम्पस मा वि.स.२०३६ सालमा पन्चायत को कालखण्डमा विद्रोहमा सहभागी हुदा तत्कालीन ने. वि. संघ केन्द्रिय अध्यक्ष बलवहादुर के. सि. घाइते हुदा राजेन्द्र धिताल पनि गम्भीर घाइते हुनु भएको थियो ।
नेपालि कांग्रेस का प्रभावसाली नेता स्वर्गीय खुम बहादुर खड्का संग नजिक रहेर काम गरेका र कोईराला परिवारहरु संग संगत गरेका नेताको रूपमा हेरिन्छ । त्यसै गरि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले उम्मेदवार सिफारिस गर्दा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य दीपक गिरी, शंकरप्रशाद डाँगी, कीर्तिबहादुर खड्का, केशवराज आचार्य लगायत पाँच जनाको नाम सिफारिस भएको हो छ ।
दाङ बाट महासमिति , महाधिवेशन को रूपमा प्रतिनिधि गरिसकेका राजेन्द्र धिताल हाल आएर नेता शेखर कोइराला निकट रूपमा चिनिन्छ्न र शेखर कोइराला क्याम्प बाट प्रतिनिधि सभा दाङ क्षेत्र न. ३ बाट नेपाली कांग्रेस को तर्फबाट टिकट लिने दाउमा छ्न भन्ने बुझाई छ ।
