• ट्रेण्डिङ्ग :
महाधिवेशनले एकताको सन्देश दिन्छ : अध्यक्ष ओली

महाधिवेशनले एकताको सन्देश दिन्छ : अध्यक्ष ओली


  • 1.4K
    SHARES
    • मंसिर २८, २०८२ शनिबार
    • १० महिना अघि
    • 2.1K Views

    महाधिवेशनले एकताको सन्देश दिन्छ : अध्यक्ष ओली

    काठमाडौँ, मङ्सिर २७। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। 

    images

    नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा एमालेको महाधिवेशनको अभियान देश जोगाउने अभियान भएको बताउनु भयो। एमालेको यो महाधिवेशनमा भएको उपस्थितिलाई कसैले अन्डरमाइन्ड नगरोस् भन्दै उहाँले चेतावनी दिनु भयो। 

    ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो। एमाले भएर देशको अभिभारा पूरा गर्ने उहाँले बताउनु भयो। ‘देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गरेर छाडिन्छ’, उहाँले भन्नु भयो। 

     

    ११ औँ महाधिवेशनको सन्देश एक र एक मिलेर ११ बन्ने कुरालाई बिर्सन नहुने उहाँले बताउनु भयो। एक र एक मिलेर मात्र ११ बन्ने तर एक र एक छुट्टिँदा फगत एक मात्र हुने उहाँले बताउनु भयो।  


    तेस्रो आँखा