• ट्रेण्डिङ्ग :
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन


  • 2.1K
    SHARES
    • मंसिर ३०, २०८२ सोमबार
    • १० महिना अघि
    • 3.2K Views

    सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

    काठमाडौँ, मङ्सिर २९ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । 

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो  । 

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो । 

    समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहनुभएको छ । रासस 


    तेस्रो आँखा