• ट्रेण्डिङ्ग :
एमाले महाधिवेशनको परिणाम आउन सुरु, अध्यक्षमा ओलीको अग्रता

एमाले महाधिवेशनको परिणाम आउन सुरु, अध्यक्षमा ओलीको अग्रता


  • 2.8K
    SHARES
    • पौष ३, २०८२ बिहीबार
    • १० महिना अघि
    • 4.3K Views

    एमाले महाधिवेशनको परिणाम आउन सुरु, अध्यक्षमा ओलीको अग्रता

    काठमाडौं, पुस ३ । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १५६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ६७ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । 

    images

    सोहीअनुसार विष्णुप्रसाद पौडेल १७३,  उपाध्यक्षमा क्रमशः पृथ्वीसुब्बा गुरुङ १७१, गोकर्ण विष्टले १३३, रामबहादुर थापा बादलले १५३, रघुजी पन्त १२३, गुरुप्रसाद बराल १०९, टंकप्रसाद कार्की ४३, पर्शुराम मेघी गुरुङ ४७, भीमप्रसाद आचार्य २७, विन्दा पाण्डे ९८ मत प्राप्त गर्नुभएको छ । 

    सोहीअनुसार महासचिवमा शंकर पोखरेल ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपमहासचिवहरुमा लेखराज भट्ट १४७, योगेश भट्टराई १४०, रघुवीर महासेठ १२६, विष्णुप्रसाद रिमाल १०५, आनन्दप्रसाद पोखरेल ७१, बैजनाथ चौधरी ५४ मत प्राप्त गर्नुभएको छ । 

    एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अवको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछ । गणनाअनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरुको भनाइ छ । 


    तेस्रो आँखा