• ट्रेण्डिङ्ग :
मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन

मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन


  • 2.4K
    SHARES
    • पौष ६, २०८२ आइतबार
    • १० महिना अघि
    • 3.6K Views

    मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन

    काठमाडौँ, पुस ६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    images

    मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुहुँदै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताउनुभयो । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने बताउनुभयो ।

    भ्रष्टाचार हटाउने औषधी बन्न नसक्ने, तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्नसक्ने बताउनुभयो । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनका लागि सबैले प्रयास पनि आग्रह गर्नुभयो । योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्‍याउन आफूले निर्देशन दिइसकेको बताउनुभयो ।

    योग र ध्यान पढाउने नभई गराउने विषय भएको र विद्यालयमा शुक्रबारको दिनलाई पढाउने नभई अतिरिक्त क्रियाकलप गर्ने दिनको रुपमा अघि बढाउनेबारे कुरा उठाएको दाबी गर्नुभयो । मन्त्री पुनले ध्यान र योग गर्नु भनेको मनलाई शान्ति र शुद्ध गर्नु रहेको बताउनुभयो । 

     
     
     
     
     


    तेस्रो आँखा