• ट्रेण्डिङ्ग :
तत्कालीन गृहसचिव, आइजिपी र सिडीओको विदेश भ्रमण र स्थान हद फुकुवा

तत्कालीन गृहसचिव, आइजिपी र सिडीओको विदेश भ्रमण र स्थान हद फुकुवा


  • 638
    SHARES
    • पौष ८, २०८२ मंगलबार
    • १० महिना अघि
    • 981 Views

    तत्कालीन गृहसचिव, आइजिपी र सिडीओको विदेश भ्रमण र स्थान हद फुकुवा

    काठमाडौँ, पुस ८ गते । जेनजी आन्दोलन (भदौ २३ र २४) घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरेको छ । अनुसन्धानका लागि बयान लिन भन्दै आयोगले यसअघि स्थान हदको निर्णय गरेको थियो । 

    images

    मङ्गलबार आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ र काठमाडौँका  प्रमुख जिल्ला अधिकारी (सिडीओ) छविलाल रिजालको स्थान हद फुकुवा गरेको हो । 

    आयोगले उहाँहरूको स्थान हदको निर्णय फुकुवा गर्ने निर्णय गरेकोे विज्ञप्तिमार्फत् जानकारी गराएको छ । आयोगले आन्दोलनका विषयमा उहाँहरूसँग बयान लिएपछि स्थान हदको निर्णय फुकुवा गरेको हो ।  

     


    तेस्रो आँखा