• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना

प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना


  • 2.4K
    SHARES
    • पौष १०, २०८२ बिहीबार
    • १० महिना अघि
    • 3.8K Views

    प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना

    काठमाडौँ,पुस  १० ।  प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नु भएको छ । 

    images


    उहाँले आज सामाजिक सञ्चालमार्फत शुभकामना व्यक्त गर्दै भन्नु भएको छ, “प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् ।” 


    प्रधानमन्त्री कार्कीले विविध धर्म, भाषा र संस्कृतिको सङ्गम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबिचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि उल्लेख गर्नु भएको छ । 

    उहाँले ‘क्रिसमस डे’को अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।  रासस


    तेस्रो आँखा