• ट्रेण्डिङ्ग :
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबिच निर्वाचनबारे छलफल

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबिच निर्वाचनबारे छलफल


  • 2.4K
    SHARES
    • पौष ११, २०८२ शुक्रबार
    • १० महिना अघि
    • 3.6K Views

    कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबिच निर्वाचनबारे छलफल

    काठमाडौँ, पुस  ११ गते । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।

    images

    शुक्रबार सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको महाराजगञ्जस्थित निवासमा  छलफल गरिरहनुभएको छ ।

    मन्त्री खरेलको सचिवालयका अनुसार आजै उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ । रासस  


    तेस्रो आँखा