• ट्रेण्डिङ्ग :
नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालसँग सञ्चारमन्त्री खरेलको भेट

नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालसँग सञ्चारमन्त्री खरेलको भेट


  • 2.9K
    SHARES
    • पौष ११, २०८२ शुक्रबार
    • १० महिना अघि
    • 4.4K Views

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालसँग सञ्चारमन्त्री खरेलको भेट

    काठमाडाैं, पुस ११ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले शुक्रवार दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको हाे । 

    images

    भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबिच सहमति कायम गर्ने विषयमा कुराकानी भएको छ । यसअघि मन्त्री खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्नुभएको थियो । 

    प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ । 

     
     
     
     
     


    तेस्रो आँखा