• ट्रेण्डिङ्ग :
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन

रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन


  • 1.7K
    SHARES
    • पौष १४, २०८२ सोमबार
    • १० महिना अघि
    • 2.6K Views

    रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन

    काठमाडौँ, पुस  १४ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ ।

    images

    रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र काठमाडौँ महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

    बैठकले राष्ट्र हितका लागि बृहद् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकको व्याप्त भ्रष्टाचार, बेतिथि र सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने निर्णय गरेको छ । रासस


    तेस्रो आँखा