• ट्रेण्डिङ्ग :
कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने

कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने


  • 2.6K
    SHARES
    • पौष १८, २०८२ शुक्रबार
    • १० महिना अघि
    • 4.0K Views

    कांग्रेसको १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने

    काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। 

    images

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो। 

    नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्नुभएको थियो। 

    प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता बिमलेन्द्र निधिले बताउनुभयो। उहाँकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताउनुभयो। 

    यसअघि कांग्रेसले पुस २६, २७ र २८ गते महाधिवेशनको कार्यतालिका स्तुत गरेको थियो। 

     


    तेस्रो आँखा