• ट्रेण्डिङ्ग :
थारू समुदायका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह

थारू समुदायका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह


  • 2.0K
    SHARES
    • पौष २०, २०८२ आइतबार
    • १० महिना अघि
    • 3.0K Views

    थारू समुदायका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह

    काठमाडौं, पुस २० । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका लागि निम्तो दिएको हो।

    मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने महोत्सवका लागि प्रधानमन्त्री कार्कीलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो।

    भेटका क्रममा अध्यक्ष चौधरीले थारू समुदायका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। उहाँले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि थारू समुदायको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो व्यक्त गर्नुभयो।

    प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “संविधानले दिएको अधिकार कसले र किन रोक्यो? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।”

    देश सबैको साझा फूलबारी भएकाले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व हुनुपर्ने र सबैको सहभागिताबाट भएको विकास मात्र दिगो हुने प्रधानमन्त्री कार्कीको भनाइ थियो।

    थारू समुदायले प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन माघी पर्व मनाउने परम्परा छ।

     


    तेस्रो आँखा