• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठकका ३५ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय (सूचीसहित)


  • 2.8K
    SHARES
    • पौष २२, २०८२ मंगलबार
    • १० महिना अघि
    • 4.2K Views

    मन्त्रिपरिषद् बैठकका ३५ निर्णय (सूचीसहित)

    काठमाडौँ, पुस २२ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  सञ्चारमन्त्री खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद्का ३५ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो । 

    images

    सरकारका प्रवक्ता खरेलकाअनुसार सरकारले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । त्यस्तै सरकारले नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने बिलम्व शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय गरेको छ । मन्त्री खरेलकाअनुसार सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।  

    पुस ११ र २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयः

     

     


    तेस्रो आँखा