• ट्रेण्डिङ्ग :
कुलमान घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

कुलमान घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने


  • 1.1K
    SHARES
    • पौष २४, २०८२ बिहीबार
    • ९ महिना अघि
    • 1.7K Views

    कुलमान घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

    नारायणगढ, पुस २४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिनुभएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ। 

    images

    आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ। अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ।” 

    केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो। सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो। 

     


    तेस्रो आँखा