• ट्रेण्डिङ्ग :
धार्मिक अशान्ति फैलाउनेलाई कानुनी कारबाही : गृहमन्त्री अर्याल

धार्मिक अशान्ति फैलाउनेलाई कानुनी कारबाही : गृहमन्त्री अर्याल


  • 1.8K
    SHARES
    • पौष २५, २०८२ शुक्रबार
    • ९ महिना अघि
    • 2.8K Views

    धार्मिक अशान्ति फैलाउनेलाई कानुनी कारबाही : गृहमन्त्री अर्याल

    काठमाडौँ, पुस २५ । गृह मन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले बिहीबार मन्त्रालयमा धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ ।

    images

    मन्त्रालयमा भएको छलफलमा गृह मन्त्री अर्यालले बहुसांस्कृतिक र बहुजातिय देशमा धार्मिक अशान्ति फैलिने खालका कुनै पनि गतिविधि गर्न नहुने र कसैले गरेमा त्यसलाई कानुन बमोजिम कारबाहीको दायारमा ल्याइने कुरा बताउनुभयो ।

    भेटका क्रममा अर्यालले देशमा शान्ति तथा अमन चयन कायम गर्न र एक अर्काको धर्मिक आस्था र विश्वासलाई स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता सामाजिक सद्भाव र अमनचैन कायम राख्न धार्मिक सघं सस्थाहरुको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।  

    छलफलका क्रममा अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक खबर तथा सूचनाहरूको नागरिक स्तरबाटै प्रतिवाद गर्न र भ्रामक खबरहरु विरुद्ध समाजिक स्तरमा नै सचेतना फैलाएर समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नु भएको छ ।


    तेस्रो आँखा