• ट्रेण्डिङ्ग :
समानुपातिक निर्वाचन : सोमबार उम्मेदवारले नाम फिर्ता लिन सक्ने

समानुपातिक निर्वाचन : सोमबार उम्मेदवारले नाम फिर्ता लिन सक्ने


  • 3.3K
    SHARES
    • पौष २७, २०८२ आइतबार
    • ९ महिना अघि
    • 5.0K Views

    समानुपातिक निर्वाचन : सोमबार उम्मेदवारले नाम फिर्ता लिन सक्ने

    काठमाडौँ, पुस २७ गते। २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। 

    images

    समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार २०८२ पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम पुस २८ गते सोमबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।

    समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा नाम फिर्ता लिन सकिने उहाँको भनाइ छ। 

    प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिनका लागि निवेदन दिन सकिने जानकारी गराइएको आयोगले जनाएको छ। 

     


    तेस्रो आँखा