• ट्रेण्डिङ्ग :
खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक पक्राउ

खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक पक्राउ


  • 1.5K
    SHARES
    • माघ १, २०८२ बुधबार
    • ९ महिना अघि
    • 2.4K Views

    खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक पक्राउ

    काठमाडौँ, पुस ३० गते । सिन्धुलीको घ्याङलेक गाउँपालिकामा एसबीआई बैंकमा लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको छ ।

    images

    मङ्गलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच–छ जनाको समूहले उक्त बैंकबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपियाँ लुटेका थिए ।

    सोही क्रममा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली करिब ८० लाख रुपियाँ) सहित युवराज नेवारलाई पक्राउ गरेको हो ।

    सिन्धुलीबाट झापातर्फ जाँदै गरेको सुमो गाडी चेकजाँचका क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

     


    तेस्रो आँखा